दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ असोज ८ बुधवार १५:३५
shares

काठमाडौं, ८ असोज । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २७.८९ अंकले घटेर २,६५४ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । यसदिन ४ अर्ब १२ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले घटेको शेयर बजारमा माथिल्लो मैलुङखोला जलविद्युत र सिटी होटलका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले कमाएका छन् ।
यसदिन हिमस्टार उर्जाका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् भने सिटिजन्स म्युचुअल फण्डका लगानीकर्ताले ७.९४ प्रतिशतका दरले कमाएका छन् । त्यसैगरी, भिजन लुिम्बनी उर्जाका लगानीकर्ताले ७.९३ प्रतिशतका दरले कमाएका छन् ।
















