Dhulikhel Eco Banner new

दुई मात्रै डिम्याट खाता खोल्न पाउने व्यवस्था हटाउन सिफारिस

2.99K
shares

काठमाडौं, १० असोज । अब एक व्यक्तिले दुईभन्दा बढी डिम्याट खाता खोल्न सक्ने सम्भावना देखिएको छ। पूँजी बजारमा देखिएका विकृति अन्त्यका लागि अर्थ मन्त्रालयले गठन गरेको कार्यदलले एक व्यक्तिले खोल्न पाउने डिम्याट खाता संख्या सीमित गर्ने व्यवस्था हटाउन सिफारिस गरेको हो।

हालसम्मको व्यवस्था अनुसार एउटै व्यक्तिले अधिकतम दुईवटा मात्र डिम्याट खाता खोल्न पाउने प्रावधान रहेको थियो। कार्यदलले यो प्रावधान व्यवहारिक नभएको भन्दै हटाउनुपर्ने बताएको छ।

नयाँ प्रविधि, लगानीको विविधता र कारोबार सहजताको दृष्टिले डिम्याट खाता खोल्न प्रतिबन्ध नराख्नुपर्ने सुझाव कार्यदलले सरकारलाई दिएको छ।