Dhulikhel Eco Banner new

प्रतिकित्ता २०३ रुपैयाँमै प्रभु महालक्ष्मी लाइफको शेयर बिक्रीमा

2.94K
shares

काठमाडौं, २० असोज । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले १ लाख ४२ हजार ३०० कित्ता संस्थापक शेयर लिलाम बढाबढ मार्फत बिक्रीमा ल्याएको छ।

कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य २०३ रुपैयाँ तोकेको छ। यो शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सम्पूर्ण कित्ताका लागि बोलपत्र पेश गर्नुपर्ने कम्पनीले जानकारी दिएको छ। त्यसअनुसार, कम्तीमा २ करोड ८८ लाख ८६ हजार ९ सय रुपैयाँ बराबरको लगानी आवश्यक पर्नेछ।

लिलामीमा कम्पनीका हालका संस्थापक शेयरधनीहरू, सर्वसाधारण लगानीकर्ता, कम्पनी, संघसंस्था लगायत इच्छुक सबै पक्षले भाग लिन सक्नेछन्।

बोलपत्र पेश गर्ने अन्तिम म्याद असोज २२ गते तोकिएको छ भने फाराम असोज १९ गतेदेखि उपलब्ध छ। बोलपत्र फाराम काठमाडौँको कमलादीस्थित बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयबाट प्राप्त गर्न सकिनेछ र सोही कार्यालयमा बुझाउनु पर्नेछ।