Dhulikhel Eco Banner new

काठमाडौंमा राति ९ बजेपछि देउसी–भैलो प्रतिबन्ध

2.56K
shares

काठमाडौं, २ कात्तिक । तिहारको अवसरमा काठमाडौं जिल्लामा राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार सूचना जारी गर्दै रातिको समयमा शान्ति सुरक्षालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको जनाएको छ।

प्रशासनले देउसी–भैलो खेल्ने समय साँझदेखि राति ९ बजेसम्म मात्र तोकेको छ। साथै, देउसी–भैलो खेल्दा व्यवस्थित, मर्यादित र अनुशासित ढङ्गले सहभागी हुन पनि अनुरोध गरिएको छ।

सुरक्षा संवेदनशीलता, सार्वजनिक शान्ति, सवारी आवागमन र अश्लीलता नियन्त्रणका लागि यस्तो व्यवस्था गरिएको प्रशासनले स्पष्ट पारेको छ। नियम उल्लंघन गर्नेहरूमाथि आवश्यक कारबाही हुने चेतावनी पनि दिइएको छ।