Dhulikhel Eco Banner new

सामान्य अंकले बढ्यो शेयर बजार, कारोबार रकममा भने गिरावट

2.73K
shares

काठमाडौं, ९ कात्तिक । आइतवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ५.१९ अंकले बढेर २,५०५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १४६ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन २ अर्ब ६६ करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा १०.७५ प्रतिशत एसबिएल ऋणपत्र २०८९का लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी, तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ७.१६ प्रतिशतका दरले गुमाएका हुन् ।