सामान्य अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ कात्तिक ९ आइतवार १५:१८
shares

काठमाडौं, ९ कात्तिक । आइतवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ५.१९ अंकले बढेर २,५०५ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १४६ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन २ अर्ब ६६ करोडको कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा १०.७५ प्रतिशत एसबिएल ऋणपत्र २०८९का लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले कमाएका छन् ।
यसदिन समता घरेलु लघुवित्तका लगानीकर्ताले ८.८९ प्रतिशतका दरले कमाएका छन् भने हिमालयन पावर पार्टनरका लगानीकर्ताले ७.६३ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी, नेपाल रिइन्स्योरेन्सका लगानीकर्ताले ७.१० प्रतिशतका दरले कमाएका छन् भने महिला लघुवित्तका लगानीकर्ताले ६.०५ प्रतिशतका दरले कमाएका छन् ।



















