Dhulikhel Eco Banner new

शेयर बजारमा १४६ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

2.5K
shares

काठमाडौं, ९ कात्तिक । आइतवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ५.१९ अंकले बढेर २,५०५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १४६ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन २ अर्ब ६६ करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ७.१६ प्रतिशतका दरले गुमाएका हुन् ।

यसदिन भगवती हाइड्रोपावरका लगानीकर्ताले ७.१३ प्रतिशतका दरले गुमाएका छन् भने एशिशयन हाइड्रोपावरका लगानीकर्ताले ५.१६ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले ४.७२ प्रतिशतका दरले गुमाएका छन् भने आत्मनिभर लघुवित्तका लगानीकर्ताले ४.६२ प्रतिशतका दरले गुमाएका छन् ।