Dhulikhel Eco Banner new

लुम्बिनी लायन्सको अफिसियल एन्थम ‘स्याबास’ सार्वजनिक

2.87K
shares

काठमाडौं, १७ कार्तिक। नेपाल प्रिमियर लिग (एनपीएल) नजिकिँदै गर्दा लुम्बिनी लायन्सले आफ्नो अफिसियल एन्थम ‘स्याबास’ सार्वजनिक गरेको छ। एनपीएलको ट्रफी टुरको क्रममा लुम्बिनीमा आयोजित विशेष समारोहबीच यो एन्थम पहिलोपटक सार्वजनिक गरिएको हो।

बुद्ध दर्शन र खेल भावना दुवैलाई एउटै प्रतीकमा जोडिएको यो कवितात्मक एन्थममा नवराज पराजुलीको शब्द र स्वर रहेको छ। संगीत संयोजन उज्वल सागरले गरेका छन् भने लिरिकल भिडियो बिबेक निशानीले निर्माण गरेका हुन्। सर्जक पराजुलीका अनुसार यो एन्थम दर्शकको दृष्टिकोणबाट लेखिएको हो। मैदानभित्र रहेका ११ खेलाडीहरूसँगै मैदानबाहिरबाट उत्साह र समर्थन प्रदान गर्ने दर्शकहरूलाई पनि ‘बाह्रौँ खेलाडी’को रूपमा प्रस्तुत गरिएको छ।

एन्थमका पंक्तिहरूमा दर्शकको भावना झल्किएको छ— हामी लुम्बिनीको बाह्रौँ खेलाडी बन्छौँ, आँफै आफ्नो काँधमा धाप मारेर भन्छौँ, स्याबास१ पराजुली भन्छन्, “जब लुम्बिनी लायन्सको खेल भइरहेका हुन्छ, दर्शकले आफ्नो टिमलाई जे भन्न चाहन्छन्, त्यही भावना एन्थममा पोखिएको छ।”

एन्थममा बुद्ध दर्शनमा रहेको ध्यान र सासको महानतालाई खेलको रूपकका रूपमा प्रयोग गरिएको छ। खेल जित्दा आयो सास, खेल खेल्दा गयो सास, आउने जाने सासलाई बनाएर साहस, लुम्बिनीले यस्तो खेल्यो, सासले भन्यो — क्या बात्१ स्याबास१ जस्ता पंक्तिहरूले खेल भावना र आन्तरिक ऊर्जा बीचको सम्बन्धलाई सशक्त रूपमा अभिव्यक्त गरेका छन्।

लुम्बिनी लायन्सको यो नयाँ एन्थमले टिमको आत्मा र दर्शकको उत्साहलाई एउटै स्वरमा बाँध्ने प्रयास गरेको छ। एन्थम सुन्नका लागि टिमले सार्वजनिक गरेको लिंकमा क्लिक गर्न सकिन्छ।