Dhulikhel Eco Banner new

मातृभूमी लघुवित्तको लफडा रोकिएन, सीईओले त्यागे पद

7.9K
shares

काठमाडौं, २ मंसिर । मातृभूमी लघुवित्त वित्तीय संस्थामा देखिएको बिवाद अहिले पनि जारी छ । मर्जर पछि यो संस्था निरन्तर लफडाबाजीमा फस्दै आएको छ । लफडै लफडामा फसेको मातृभूमीबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद शर्मा बाहिरिएका छन् । उनले पदबाट राजीनामा दिएपछि बखदबहादुर बटालाले कामू सीईओको जिम्बेवारी पाएका छन् ।

संस्थाको नेतृत्व सम्हालेको १५ महिनामै शर्माले संस्था छाडेका हुन् । कार्यकाल बाँकी हुँदै शर्माले लफडामा बसेर काम गर्न सकिन्न भन्दै पद त्याग गरेको संस्थाका एक उच्च व्यवस्थापन तहका कर्मचारीले केटिएम भ्वाइसलाई जानकारी दिए । हुनत यो संस्था लफडाबाट तत्कालै उम्कने छाँट समेत देखिदैन ।

संस्थाका सञ्चालक खडानन्द सापकोटासहितको टोलीले अहिले पनि लफडा झिकेर समस्यामा पार्न खोजेको संस्थाका अर्का सञ्चालक बताउछन् । मर्जर पछि बनेको मातृभूमी लघुवित्तमा गैरआवासीय नेपाली लोकराज शर्मा सञ्चालक समिति अध्यक्ष बनेका थिए ।

खडानन्दसहितको टिमले असहयोग गरेपछि उनी पद छाड्न बाध्य भए । अहिले पनि संस्थामा सञ्चालकहरुले एक अर्कालाई विस्वास नगर्दा संस्था नै दिनप्रतिदिन कमजोर बन्दै गएको छ ।