Dhulikhel Eco Banner new

नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्सले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल

3.86K
shares

काठमाण्डौं, ९ मंसिर । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्काशन गर्ने प्रक्रिया अन्तर्गत लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। कम्पनीले अंकित दर १०० का दरमा १५ लाख कित्ता साधारण शेयर जारी गर्न लागेको हो, जसको कुल मूल्य रू. १५ करोड हुनेछ।

यस सम्बन्धी द्विपक्षीय समझदारी पत्रमा नेक्सजेनका तर्फबाट प्रबन्ध संचालक रमेश कुमार भट्टराई र लक्ष्मी सन्राइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले २०८२ मंसिर ८ गते, काठमाण्डौस्थित नयाँ बानेश्वरमा आयोजित समारोहमा हस्ताक्षर गरेका छन्। समझौता अनुसार निकट भविष्यमै आईपीओ निष्काशन प्रक्रिया अघि बढाइने भएको छ।

नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडको अधिकृत पूँजी हाल १०० करोड र जारी पूँजी ५० करोड रहेको छ। कम्पनीले स्थापनाको तेस्रो वर्षदेखि लगातार छ वर्षदेखि खुद मुनाफा आर्जन गर्दै आएको छ। गत वर्ष नगद लाभांश वितरण गरेको कम्पनीले चालू आर्थिक वर्षमा आर्जित मुनाफा जगेडा कोषमा सारिएको जानकारी दिएको छ। कम्पनीको नेटवर्थ समेत शेयरको अंकित मूल्यभन्दा उच्च रहेको उल्लेख गरिएको छ।

कम्पनीका अध्यक्षमा पूर्व बैकर तथा बीमा प्राधिकरणका पूर्व अध्यक्ष देवेन्द्र प्रताप शाह रहेका छन्। सम्झौता समारोहमा कम्पनीका प्रमुख शेयरधनी विजय बहादुर शाह र कमल पन्थीको पनि उपस्थिती थियो।