Dhulikhel Eco Banner new

एनआईसी एशिया बैंकका अध्यक्ष अग्रवालद्वारा राजीनामा

5.53K
shares

काठमाडौं, ६ पुस । एनआईसी एशिया बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालले पदबाट राजीनामा दिएका छन्। बैंकका अनुसार अग्रवालले व्यक्तिगत कारण देखाउँदै सञ्चालक तथा अध्यक्ष दुवै पदबाट राजीनामा दिएका हुन्।

अग्रवालको राजीनामा पुस ६ गते सम्पन्न बैंकको सञ्चालक समितिको ७४२औँ बैठकले स्वीकृत गरेको बैंकले जनाएको छ। कम्पनी सचिव कमल खड्काद्वारा हस्ताक्षरित पत्रमार्फत बैंकले अग्रवालको राजीनामा औपचारिक रूपमा जानकारी गराएको हो।