Dhulikhel Eco Banner new

सन् २०२३–२०३३ लाई भ्रमण दशकका रुपमा मनाइने

5.93K
shares

काठमाडौं, ८ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सन् २०२३–२०३३ लाई नेपाल भ्रमण दशकका रुपमा मनाउने घोषणा गरेको छ । मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा नेपालको पर्यटन विकासका लागि भ्रमण दशकका रुपमा मनाउन बताएको हो ।

जसलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, नेपाल पर्यटन बोर्ड तथा अन्य सम्बन्धित मन्त्रालयको सहयोगमा ३ महिनाभित्र आवश्यक तयारी अघि बढाइने मन्त्रालयको भनाइ छ । कोरोना महामारीका कारण सन् २०२० को नेपाल भ्रमण वर्ष स्थगित गरिएको थियो । सन् २०२० मा नेपालमा २० लाख पर्यटक ल्याउने लक्ष्य राखिएको थियो ।