सुनको मूल्य बढ्यो, चाँदीको मूल्यमा सामान्य गिरावट
वि.सं.२०७९ साउन ८ आइतवार १२:२०
5.55K
shares
shares
काठमाडौं, ८ साउन । सुनको कारोबार हुने हप्ताको पहिलो दिन मूल्य बढेको छ । आइतबार छापावाला सुनको मूल्य तोलामा ५०० रुपैयाले बढेर ९४ हजार ५०० रुपैयाँ पुगेको हो ।
अघिल्लो कारोबार समयमा सुनको मूल्य ९४ हजार रुपैयाँ रहेको थियो । त्यस्तै आइतबार तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार चाँदीको मूल्य भने घटेको छ । आइतबार चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार १५५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



















