कुमारी बैंकको ‘आईआरडी प्रोत्साहन कार्यक्रम’: क्यूआर भुक्तानीमा आकर्षक पुरस्कार
वि.सं.२०८३ भदौ १ सोमवार ११:४०
shares

काठमाडौं, १ भदौ ।कुमारी बैंक लिमिटेडले नेपाल सरकार तथा आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन कार्यक्रमलाई सहयोग गर्ने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ एप ‘कुमारी स्मार्ट’मा ‘आईआरडी प्रोत्साहन कार्यक्रम’ सुविधा उपलब्ध गराएको छ।
आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सुरु गरिएको यस कार्यक्रमले उपभोक्तालाई वस्तु तथा सेवा खरिद गर्दा प्यान तथा भ्याट बिल लिन प्रोत्साहित गर्नुका साथै डिजिटल भुक्तानी, कर अनुपालन र वित्तीय पारदर्शितालाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।
यस सुविधामार्फत कुमारी बैंकका ग्राहकले नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि रु. १०० भन्दा बढीको वस्तु वा सेवा खरिद गरी व्यापारीको क्यूआरमार्फत भुक्तानी गर्दा स्वतः पुरस्कार योजनामा सहभागी हुन सक्नेछन्। ग्राहकले ‘कुमारी स्मार्ट’ मोबाइल बैंकिङ एपमा रहेको ‘आईआरडी प्रोत्साहन कार्यक्रम’ मेनुमार्फत आफूले गरेका योग्य कारोबारको संख्या, कारोबार विवरण तथा प्राप्त पुरस्कारको अवस्थासमेत सहजै हेर्न सक्नेछन्।
आन्तरिक राजस्व विभागको व्यवस्थाअनुसार योग्य कारोबारमध्ये दैनिक लक्की ड्रमार्फत एक जना ग्राहकले कर कट्टीपश्चात् रु. १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, प्रत्येक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले रु. १० लाख बराबरको बम्पर पुरस्कार प्राप्त गर्ने व्यवस्था गरिएको छ।
कुमारी बैंकले ग्राहकहरूलाई व्यापारीको क्यूआरमार्फत भुक्तानी गर्न, प्यान तथा भ्याट बिल लिन, बिल सुरक्षित राख्न तथा नियमित रूपमा आईआरडी प्रोत्साहन कार्यक्रमको सुविधा प्रयोग गरी आफ्नो योग्यताको अवस्था जाँच गर्न आग्रह गरेको छ।
बैंकका अनुसार यस अभियानले डिजिटल कारोबार विस्तारसँगै नगदरहित अर्थतन्त्र निर्माण, कर अनुपालन वृद्धि तथा वित्तीय पारदर्शिता प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउनेछ।२५ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंक लिमिटेडले हाल देशभर २८५ शाखा, ४१ एक्सटेन्सन काउन्टर, ३०२ एटीएम तथा ४० शाखारहित बैंकिङ इकाइमार्फत ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ।
नेपालका सहरी, अर्ध–सहरी तथा ग्रामीण क्षेत्रसम्म आफ्नो सेवा विस्तार गर्दै आएको बैंकले देशभरका नागरिकलाई सहज, सुरक्षित तथा गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।














