Dhulikhel Eco Banner new

सानिमा बैंकले गर्यो लाभांश घोषणा

6.75K
shares

काठमाडौं, ६ कात्तिक । सानिमा बैंकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ९८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृती पाएपछि र आगामी साधारण सभाबाट पारीत भएपछि शेयरधनीले पाउनेछन् ।

कम्पनीको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले आव २०७७/७८ को मुनाफबाट शेयरधनीलाई १७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८९४७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गरेको थियो ।