Dhulikhel Eco Banner new

लक्ष्मी क्यापिटलको कात्तिक २७ गते साधारणसभा

4.84K
shares

काठमाडौं, ६ कात्तिक । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको चौधौं वार्षिक साधारणसभा कात्तिक २७ गते हुने भएको छ । सभा लक्ष्मी बैंक लिमिटेड हात्तिसार काठमाडौंमा बिहानको ११ बजे गर्ने जानकारी दिएको छ ।

सभाले सञ्चालक समितीले प्रस्ताव गरेको ७ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी सभाले आव २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७९/८० को लागि लेखापरिक्षककोे नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।