मनकामना स्मार्ट लघुवित्तको लाभांश घोषणा
वि.सं.२०७९ माघ १७ मंगलवार ११:११
shares

काठमाडों, १७ माघ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले शेयर धनीहरुलाई ५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । लघुवित्तको ७९ औँ बैठकले ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
लघुवित्तले हाल कायम चुक्ता पुँजी १४ करोड १७ लाख ४५ हजारको ५ प्रतिशतका दरले हुन आउने ७० लाख ८७ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमध्ये ४.७५ प्रतिशतका दरले हुन आउने ६७ लाख ३२ हजार रुपैयाँ बराबरको बोनस शेयर र ०.२५ प्रतिशत (कर प्रयोजनसहित)का दरले हुन आउने ३ लाख ५४ हजार नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
लघुवित्तको यो प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई वितरण गरिने छ ।




















