आत्मनिर्भर लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
वि.सं.२०७९ फागुन २ मंगलवार १०:४५
shares

काठमाडौं, २ फागुन । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि खुला गरेको आईपीओमा आवेदन दिन आज अन्तिम दिन रहेको छ । माघ १६ गतेदेखि वैदेशिक रोजगारीमा गएकाहरुका लागि बिक्री खुला गरेको आईपीओमा आवदन दिने समय मंगलबार साँझसम्म रहेको छ ।
लघुवित्तले आफ्नो चुक्ता पुँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २ लाख ३ हजार ३८० कित्ता शेयरमध्ये २० हजार ३३८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको हो ।
सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।



















