Dhulikhel Eco Banner new

साग्रीलाका ग्राहकलाई सिद्धार्थ बिजनेसमा विशेष छुट

5.92K
shares

काठमाडौं, ७ जेठ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटीमा विशेष छुट दिने भएको छ । यस विषयमा हस्पीटालिटी अन्तरगर्त देश भरी छरिएका विभिन्न होटल, रेष्टुरेन्ट तथा क्याफेहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता पत्रमा दुई पक्ष विच हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख संचालन अधिकृत अपूर्व प्रसाद जोशी र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पीटालीटीका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपानेले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पीटालिटी अन्तरगर्त देशभर रहेका विभिन्न होटल, रेष्टुरेन्ट तथा क्याफेहरुमा खाना तथा पेय पदार्थमा १० प्रतिशत तथा आवाशमा २० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरुमार्फत बैंकले सेवा प्रदान गरिरहेको छ । साथै बैंकका ३२ एटियमहरु रहेका छन् ।