Dhulikhel Eco Banner new

‘३ वर्ष अघि उठाएको लघुवित्त कोषको योजना बजेटमा पर्यो, खुसी छु’

31.58K
shares

काठमाडौं, १७ जेठ । नेपाल लघुवित्त बैंकर्स संघका उपाध्यक्ष मिनबहादुर बोहाराले आगामी आर्थिक वर्षका लागि सरकारको ल्याएको बजेटले हर्षित बनाएको प्रतिक्रिया दिएका छन् । बजेटले समग्र लघुवित्त क्षेत्रका लागि सकारात्मक सन्देश दिएको उनको भनाइ छ ।

सरकारले किसानका लागि आवश्यक कृषि कर्जाका लागि रु पाँच खर्ब बराबरको कर्जा प्रवाह गर्न एक लघुवित्त कोष स्थापना गर्ने बताएको छ । उक्त कोषमा बैंक तथा वित्तीय क्षेत्रले अनिवार्यरूपमा विपन्न तथा कृषि क्षेत्रमा प्रवाह गर्नुपर्ने कर्जातर्फको रकम लगानी गर्ने व्यवस्था मिलाइएको छ । कृषि उत्पादनलाई बढाउन घरदैलौमै लघुवित्त मार्फत कर्जा सुविधा पुर्याउनले विषय बजेटले समेटेको छ ।

बजेटले समेटेको यि व्यवस्थाले लघुवित्त क्षेत्रलाई खुसी बनाएको उपाध्यक्ष बोहराले बताए । उपाध्यक्ष बोहराले ३ वर्ष अघि नै लघुवित्तको विषयमा एउटा ‘कन्सेप्ट पेपर’ तयार गरेका थिए । त्यसबेला उनले सञ्चारमाध्यममा अन्तरवार्ता दिदै लघुवित्त कोषको आवश्यकता रहेको बताएका थिए । तीन वर्ष अघिको योजना पुरा भएकोमा आफू निकै खुसी भएको उनले बताए । यसले लघुवित्त बैंकर्स संघको योजना सफल भएको उनको भनाइ छ ।

लघुवित्त वित्तीय संस्थाले चर्को ब्याजदर लिएको भन्दै आलोचना समेत हुने गरेको छ । सरकारले वार्षिक बजेटमा नै यस्तो व्यवस्था गरेपछि लघुवित्तको विषयमा रहेको भ्रम समेत तोडिने उनको भनाइ छ ।

आफूले ल्याएको अवधारणमा लघुवित्त वित्तीय संस्थाहरु मार्फत गरिब तथा विपन्न परिवारहरुलाई सहुलियत रुपमा आय आर्जनको लागि कर्जा प्रदान गर्ने, स्थानीय तथा आन्तरिक उत्पादनमा वृद्धि गरि गरिबी न्यूनिकरणको लागि सहयोग गर्ने, नेपाल सरकारको गरिबी निवारणको कार्यक्रमलाई सहयोग गर्ने, वास्तविक रुपमा केन्द्रीय बैंकले तोके अनुसारले लघुवित्त वित्तीय संस्थाहरु संचालन गर्ने जस्ता उद्देश्य समावेश गरिएको उनले बताए ।

धौलागिरी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका उपाध्यक्ष बोहराले अब भने बजेटको कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए । ‘यो राम्रो योजान एकदमै राम्रो हो, अब मौद्रिक नीतिमा समावेश गरेर यो योजनालाई अघि बढाइहाल्नु पर्छ’ उनले भने ।

लघुवित्तका ग्राहक सदस्यहरु करिब ५७ लाख रहेको भन्दै कृषि उत्पादकत्व वृद्धि लघुवित्तबाट नै सम्भव रहेको उपाध्यक्ष बोहराले बताए । अहिले अर्थतन्त्रमा समस्या देखिएको छ ।

लगानी योग्य रकम (तरलता) अभावको कारण ठूला बैंकहरुले नै कर्जा लगानी गर्न सकेका छैनन् । ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले लगानी पूर्ण रुपमा बन्द गरेको अवस्थामा पनि लघुवित्तहरुले गाउँ गाउँमा गएर अहिले पनि कर्जा लगानी गरिरहेको उनले बताए । यसले गाउँगाउँमा रहेका आम मानिसका लागि लघुवित्त नै वित्तीय सेवाको मूख्य सारथी हो भन्ने पुष्टि भएको उनको भनाइ छ ।