स्टाण्डर्ड चार्टर्ड बैंकको पहिलो नेपाली सीईओ बने गोरख राणा
वि.सं.२०८१ मंसिर २५ मंगलवार ०९:२७
shares

काठमाडौं, २५ मंसिर । गोरख राणा स्टाण्डर्ड चार्टर्ड बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेका छन् । बैंकको सञ्चालक समिति बैठकले राणालाई १ जनवरीदेखि लागू हुनेगरी सीईओ पदमा नियुक्त गरेको हो ।
हाल उनी डेपुटी सीईओको भूमिकामा रहँदै आएका छन् । अनिर्वन घोष दस्तिदारको कार्यकाल सकिएसँगै राणा सीईओमा नियुक्त भएका हुन् । दस्तिदार अब बोर्डको विशेष सल्लाहकार हुनेछन् ।
३० वर्षको बैंकिङ अनुभव संगालेका राणासँग स्टाण्डर्डमा हुँदा कर्पोरेट एन्ड इन्भेस्टमेन्ट, रिटेल बैंकिङ बिजनेस विभागमा रहेर काम गरेको अनुभव छ । उनले इलिनोइस विश्वविद्यालयबाट एमबीए अध्ययन गरेका छन् ।



















