Dhulikhel Eco Banner new

बैंकहरुको मुद्दति निक्षेपमा २० करोड लगानी गर्दै राष्ट्र बैंक

2.26K
shares

काठमाडौं, २३ फागुन । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा २० करोड रुपैयाँ बढी लगानी गर्ने निर्णय गरेको छ। राष्ट्र बैंकको कर्मचारी सुरक्षण कोषको रकमबाट यो लगानी गर्न लागिएको हो ।

जसमा कुल रकममध्ये १६ करोड रुपैयाँ वाणिज्य बैंकमा, ३ करोड रुपैयाँ राष्ट्रियस्तरका विकास बैंकमा, र १ करोड रुपैयाँ राष्ट्रियस्तरका वित्त कम्पनीमा लगानी गरिने योजना छ।

राष्ट्र बैंकले इच्छुक बैंक तथा वित्तीय संस्थाहरूसँग ब्याजदर प्रस्ताव गर्न आह्वान गरेको छ। बैंक तथा वित्तीय संस्थाले फागुन २६ गतेसम्म आफ्नो ब्याजदर प्रस्ताव गर्नुपर्नेछ।

यो मुद्दति निक्षेप २०८१ चैत २६ गतेदेखि २०८२ चैत ३ गतेसम्म ३६६ दिनका लागि रहनेछ। यस कदमले बैंक तथा वित्तीय संस्थाहरूलाई अतिरिक्त लगानीका अवसर प्रदान गर्दै राष्ट्र बैंकको सुरक्षण कोषको व्यवस्थापनमा सुधार ल्याउने अपेक्षा गरिएको छ।