Dhulikhel Eco Banner new

नेपाल व्यापार संघको अध्यक्षमा हरि गौतम सर्वसम्मत

19.89K
shares

काठमाडौं, ८ साउन । नेपाल व्यापार संघको अध्यक्षमा हरि बहादुर गौतम सर्वसम्मत चयन भएका छन् । संघको आगामी नेतृत्वका लागि अध्यक्षमा गौतमको मात्रै उम्मेदवारी परेसँगै उनी सर्वसम्मत हुने भएका हुन् ।

संघको ३१ औँ वार्षिक साधारण सभा तथा अधिवेशन १४ गते हुने भए पनि त्यस अघि नै उम्मेदवारी दर्ताको समय तोकेर सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिएको थियो । अन्य पदमा पनि सर्वसम्मत हुने पक्का भएको छ ।

व्यवसायीका समस्या समाधान गर्नका लागि सबै मिलेर जानु पर्ने भएकाले पनि नेतृत्व सर्वसम्मत गर्ने प्रयास भएको थियो । यसबाट सकारात्मक सन्देश जाने र संघलाई काम गर्नका लागि पनि सहज हुने विश्वास लिइएको छ ।