Dhulikhel Eco Banner new

चालू आर्थिक वर्षको पहिलो साता २८ करोडले घट्यो शेयर बजार

5.68K
shares

काठमाडौं, ८ साउन । नयाँ आर्थिक वर्षको पहिलो हप्तामा शेयर बजार २८ करोड भन्दा बढीले घटेको छ । गत आर्थिक वर्षको अन्तिम हप्ताकोभन्दा २८ करोड ३२ लाख रुपैयाँले घटेको हो ।

गत आर्थिक वर्षको अन्तिम हप्तामा ९ अर्ब ९४ करोड रुपैयाँको कारोबार भएको थियो भने चालू आर्थिक वर्षको पहिलो हप्तामा ९ अर्ब ८८ करोड रुपैयाँको कारोबार भएको छ । चालू आर्थिक वर्षको पहिलो हप्तामा २ करोड ३२ लाख ६४ हजार १५५ कित्ता कारोबार भएको छ अघिल्लो हप्तामा भने २ करोड ७३ लाख ३१ ह्जार ७ कित्ता शेयर कारोबार भएको थियो ।

यो अघिल्लो हप्ताको भन्दा ४० लाख ६६ हजार ८५२ कित्ताले कम हो । कारोबार रकम र कारोबार संख्या घटेपनि चालू आर्थिक वर्षको पहिलो हप्तामा समग्र बजार परिसूच कभने ८ अंकले बढेको छ ।