Dhulikhel Eco Banner new

सानिमा बैंकको नाफा घट्यो

5.77K
shares

काठमाडौं, ८ साउन । गत आर्थिक वर्षमा सानिमा बैंकको नाफा घटेको छ । गत आर्थिक वर्षमा बैंकको नाफा १.०७ प्रतिशतले घटेर २ अर्ब २९ करोड २९ लाख ९ हजार ३२७ रुपैयाँमा झरेको हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा २ अर्ब ३१ करोड २१ लख ५८० रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी बढेर ४ अर्ब ७६ करोड ७१ लाख ९५ हजार रुपैयाँ रहेको छ ।

गत आवको सोही अवधिमा ४ अर्ब ५२ करोड ४९ लाख ८७ हजार रुपैयाँ रहेको छ । यस्तै खुद ब्याज आम्दानी ३ अर्ब ३१ करोड ९ लाख ५७ हजार रुपैयाँबाट बढेर ३ अर्ब २५ करोड २५ लाख ८४ हजार रुपैयाँ पुगेको छ ।

११ अर्ब ३२ करोड ७३ लाख ७७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ३० करोड ८१ लाख रुपैयाँ रहेको छ । १ खर्ब ५७ अर्ब ५१ करोड ८५ लाख निक्षेप संकलन गर्दा बैंकले असार मसान्तसम्म १ खर्ब ३७ अर्ब १६ करोड १३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।