Dhulikhel Eco Banner new

अपर तामाकोशीको साधारण सभा भदौ ५ मा

4.94K
shares

काठमाडौं, ८ साउन । अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले आगामी भदौ ५ गतेका लागि साधारण सभा बोलाएको छ । कम्पनीको असार ३० गते बसेको सञ्चालक समिती बैठकको निर्णय अनुसार १४ औ वार्षिक साधारण सभा भदौ ५ गतेका लागि आह्वान गरेको हो ।

आयोजनाको लागत बढेर ८८ अर्ब माथि पुगेको कम्पनीले सभामा लगानीकर्तालाई कुनैपनि लाभांश प्रस्ताव गरेको छैन् । कम्पनीले शेयर धनीबाट थप पुँजी संकलनका लागि एक बराबर एक अनुपातमा हकप्रद बिक्री गरेर ऋण तिर्न पुँजी वृद्धिको प्रस्ताव गरेको छ ।

सभामा कम्पनीको पुँजी वृद्धि सम्बन्धी विशेष प्रस्तावलाई अनुमोदन गर्ने, समूह ख सर्वसाधारण समूहबाट एक महिला सहित ४ जना सञ्चालकहरुको चयन गर्ने प्रस्ताव रहेको छ । यसैगरी अध्यक्षको आर्थिक वर्ष २०७७/७८ को प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने, आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुनेछन् ।