GBIME

माघ २५ गते सिभिल मल बन्द हुने

1.05K
shares

काठमाडौं, २० माघ । सिभिल मल व्यापार संघको साधारण सभा तथा अधिवेशनका लागि मल बन्द हुने भएको छ । संघको १२ औँ वार्षिक साधारण सभा तथा पाचौँ अधिवेशनका लागि मल बन्द हुने भएको हो ।

सिभिल मल व्यापार संघको १२ औँ वार्षिक साधारण सभा र पाचौँ अधिवेशन माघ २५ गते आयोजना हुदैछ । संघले बिहीबार सूचना जारी गरेर माघ २५ गते सम्पूर्ण रुपमा मल बन्द रहेन जानकारी दिएको छ । ‘सिभिल मल व्यापार संघको बाह्रौ बार्षिक साधारण सभा तथा पाचौँ अधिवेशन र सिभिल मलका सम्पूर्ण परिवारको बनभोज कार्यक्रम हुने भएकाले संघका पदाधिकारीहरुको निर्णय अनुसार मल पूर्ण रुपमा बन्द हुने जानकारी गराउँदछौँ,’ सूचनामा भनिएको छ ।