एकैदिन १४ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
वि.सं.२०७९ माघ २० शुक्रवार ११:५४
4.47K
shares
shares

काठमाडौं, २० माघ । आज सुनको भाउ एकैदिन १४ सय रुपैयाँले घटेको छ । हिजो, बिहिबार नयाँ रेकर्ड सुनको सुनको भाउमा आज भने ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलाको १ लाख ६ हजार १०० रुपैयाँ कायम भएको छ । बिहीवार (हिजो) यसको मूल्य अहिलेसम्मकै सर्वाधिक कायम हुँदा प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँ तोकिएको थियो ।
यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदीको भाउ तोलामा ३० रुपैयाँ घटेर १ हजार ३६५ रुपैयाँ कायम भएको छ । हिजो चाँदी प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो ।



















