Dhulikhel Eco Banner new

मिदास हेल्थ सर्भिसेजसँगको प्रयासमा भक्तपुर क्यान्सर अस्पतालको नयाँ हस्पिटल एप सञ्चालन

2.05K
shares

काठमाडौं, ३२ साउन । मिदाससँगको सहकार्यमा भक्तपुर क्यान्सर अस्पतालले भर्खरै आफ्नो नयाँ हस्पिटल मोबाइल एप सञ्चालनमा ल्याएको छ । यो एप मार्फत बिरामीहरूले भक्तपुर क्यान्सर अस्पतालका सेवाहरू लिन सजिलै र सहज रूपमा अनलाइन अपोइन्टमेन्ट बुकिङ गर्न सक्ने कम्पनीले जनाएको हो ।

कम्पनीका अनुसार यस एपमा नेपाल सरकार स्वास्थ्य बिमा बोर्डले उपलब्ध गराएको स्वास्थ्य बिमा भएका प्रयोगकर्ताहरूले निःशुल्क अस्पतालको टिकट बुक गर्नका लागि आफ्नो बिमा जानकारी प्रविष्ट गरी प्रमाणीकरण गर्न सक्ने व्यवस्था पनि छ।

मिदास हेल्थ सर्भिसेजले विभिन्न अस्पतालका ओपिडी सेवाका लागि डाइनामिक क्युआर भुक्तानीको विकास पनि गरेको छ । साथसाथै बिरामीहरूलाई उनीहरूको घरबाटै आरामले अनलाइन मेडिकल अपोइन्टमेन्टहरू लिन सहज बनाएर अस्पतालहरूका सेवाहरूलाई निकै सहज बनाएको जनाएको छ ।
यसले अस्पतालहरूसम्म पुगेर लामो लाइनमा बस्नु पर्ने झन्झट कम गराएको छ भने भिडभाड कम हुँदा अस्पतालको सेवालाई गुणस्तरीय पनि बनाउन सहयोग पुगेको छ ।

कम्पनीका अनुसार मिदासले विकास गरेको हस्पिटल एप मार्फत बिरामीहरूले ओपिडी टिकटहरू बुकिङ र किन्ने सँगसँगै घरबाटै आरामले मेडिकल अपोइन्टमेन्टहरू लिने तथा प्रयोगशाला रिपोर्टहरू प्राप्त गर्न सकिने व्यवस्था पनि छ । सरकारी स्वास्थ्य बिमा कभरेज भएका व्यक्तिहरूलाई निःशुल्क टिकट बुक गर्ने सुविधा र अस्पतालको सेवालाई थप पहुँचयोग्य र सुलभ बनाएको छ ।

आइएमई समूह अन्तर्गतको मिदास हेल्स सर्भिसेजले स्वास्थ्य सेवा सूचना प्रणाली विकास तथा सेवा उपलब्ध गराउँछ । यसले दुई सय भन्दा बढी अस्पतालहरूलाई हस्पिटल एप तथा स्वास्थ्य सूचना प्रणाली उपलब्ध गराएको छ । उपचार र स्वास्थ्य सेवा अनुभव सुधार गर्नको लागि यो सेवाले अस्पतालहरूलाई उनीहरूको सेवाहरू आधुनिकीकरण र सुधार गर्न भरपर्दो साझेदारी प्रदान गरेको जनाएको छ । ।