एनआईसी एशिया बैंकका ग्राहकहरुलाइ लेमन ट्रि प्रिमियर होटलमा ३५ प्रतिशतसम्मको छुट
वि.सं.२०८१ भदौ ३१ सोमवार १७:५२
shares

एनआईसी एशिया बैंकका ग्राहकहरुलाइ लेमन ट्रि प्रिमियर होटलमा ३५ प्रतिशतसम्मको छुट
काठमाडौं, ३१ भदौ । एनआईसी एशिया बैंकले आफ्ना कार्ड प्रयोगकर्ता ग्राहकहरु तथा कर्मचारीहरुलाई काठमाडौं, बुढानीलकण्ठस्थित लेमन ट्रि प्रिमियर बुढानिलकण्ठ होटलमा विभिन्न सेवाहरुमा ३५ प्रतिशतसम्म छुट प्रदान गर्ने भएको छ ।
नजिकिदै गरेका दशैंं, तिहार, छठ जस्ता विभिन्न चाडपर्वहरुको विशेष अवसरमा भिजा डेबिट कार्ड तथा भिजा क्रेडिट कार्ड र मास्टरकार्ड प्रयोग गरेर भुक्तानी गर्ने आफ्ना ग्राहक हरुलाई बैंकले यस्तो सुविधा उपलब्ध गराएका हो ।
उक्त छुट प्रदान गर्ने विषयमा बैंक र होटलबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस समझदारी अनुसार भिजा डेबिट कार्ड, भिजा क्रेडिट कार्ड र मास्टरकाड प्रयोग गरी भुक्तानी गर्ने ग्राहकहरुले होटलको बसाई, खाना तथा पेयपदार्थमा २० प्रतिशत छुट प्राप्त गर्नु सक्ने बैंकले जनाएको छ ।
स्पा सेवामा भिजा डेबिट कार्ड, मास्टरकाड प्रयोगकर्ताले ३० प्रतिशत र भिजा क्रेडिट कार्ड प्रयोगकर्ताले ३५ प्रतिशत छुट प्राप्त गर्ने बैकले जनौको छ । बैंकका अनुसार आफ्नो विशेष अवसर परेर होटलमा बस्ने बैंकका ग्राहकहरुले एक पाउण्डको केक कम्प्लिमेन्ट्रीको रुपमा र भिजा क्रेडिट काड तथा मास्टरकार्ड प्रयोगकर्ताले रुम अपग्रेडको कम्प्लिमेन्ट्री प्राप्त गर्नु सक्नेछन् ।
बैंकका अनुसार उक्त छुट अफर २०८१ मंसिर १५ गतेसम्मका लागि मात्र लागू हुनेछ । ‘रुम अपग्रेड’को सुविधा प्राप्त गर्न कोठा उपलब्धतामा भर पर्ने छ भने केक कम्प्लिमेन्ट्री प्राप्त गर्नको लागि एक दिनअघि नै जानकारी गराउनुपर्ने छ । यो छुट होटलको वेबसाइटमा उपलब्ध भएको दरमा प्राप्त हुने बैंकले जनाएको छ ।



















