प्रोटन इमास ‘शार्क ट्याङ्क नेपाल’को आधिकारिक प्रायोजकको रूपमा सहभागी
वि.सं.२०८२ असार १७ मंगलवार १७:२५
shares

काठमाडौं, १७ असार । मलेसियाली अटो निर्माता प्रोटोनको विद्युतीय सवारी साधन प्रोटन इमासले हिमालय टेलिभिजनमा प्रसारण हुने शार्क ट्याङ्क नेपालसँग आफ्नो आधिकारिक प्रायोजन साझेदारीको घोषणा गरेको छ ।
यस साझेदारीमार्फत प्रोटन इमासले नेपाली उद्यमशीलता र नवप्रवर्तनको प्रवाहलाई समर्थन गर्ने तथा दिगो भविष्य निर्माणमा योगदान दिने लक्ष्य लिएको छ ।
प्रोटोनका नेपालस्थित आधिकारिक डिलर जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले शार्क ट्याङ्क नेपालसँगको सहकार्यले ब्रान्डको मूल्य र उद्देश्यलाई थप प्रस्ट पार्ने विश्वास व्यक्त गरेका छन् ।
उनका अनुसार प्रोटन इमास एक क्लीन मोबिलिटी समाधानका रूपमा नेपाली बजारमा प्रस्तुत भएको र यसले स्मार्ट र हरित नेपाल निर्माणमा योगदान पुर्याउने छ ।
यो साझेदारीपछि प्रोटन इमास शार्क ट्याङ्क नेपालको यस सिजनभर प्रमुख रूपमा देखिनेछ ।
दर्शकहरूले कार्यक्रममार्फत प्रोटन इमासको प्रविधि र दिगोपनप्रतिको प्रतिबद्धताको झलक पाउने छन् ।
प्रोटन इमास दक्षिणपूर्व एसियामा डिजाइन गरिएको नयाँ पुस्ताको विद्युतीय सवारी हो जसले उन्नत प्रविधि र वातावरणीय जिम्मेवारीलाई समेटेर आधुनिक यातायात प्रणालीको दिशा परिवर्तन गर्ने प्रयास गरिरहेको छ ।
शार्क ट्याङ्क नेपालले उद्यमीहरूलाई आफ्ना व्यवसायिक योजना प्रस्तुत गर्न लगानीकर्ताहरूको समक्ष प्लेटफर्म दिने विश्वप्रसिद्ध कार्यक्रमको नेपाली संस्करण हो ।



















