Dhulikhel Eco Banner new

सेबोनले माग्यो नेपाल हाइड्रो डेभलोपर कम्पनीका पूर्व अध्यक्ष प्रधानसँग अंशबण्डाको प्रमाण

5.29K
shares

काठमाडौं, २२ असार । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल हाइड्रो डेभलोपर कम्पनीसँग पूर्वअध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले गरेको अंशबण्डाको कागजात माग गरेको छ । नेपाल हाईड्रो डेभलोपर कम्पनीका पूर्वअध्यक्ष इञ्जिनियर ज्ञानेन्द्रलाल प्रधानले पदमा रहँदा श्रीमती बिमला श्रेष्ठ प्रधान, छोरा चेतन प्रधान र छोरी निभिता प्रधानका नाममा कम्पनीमा रहेको सेयर बिक्री गरेको आरोप लागेको थियो ।

सो आरोपमा प्रधानले छारो छोरीसँग आफ्नो अंशबण्डा भइसकेको जानकारी सेबोन दिएका थिए । उनले २०७८ चैत १३ गते छोरा चेतन प्रधान र छोरी निभिका प्रधानसँग अंशबन्डा भएको जानकारी गराएका थिए । सेवनले अहिले आएर सो अंशबण्डाको कागजात पठाउनका लागि निर्देशन दिएको हो । सेबोनले तीन दिनभित्र विवरण पेश गर्नका लागि भनेको छ ।

प्रधानले श्रीमतीका नाममा पनि शेयर बिक्री गरेका थिए तर सेबोनले बुधबार कम्पनीसँग मागेको कागजातमा छोरा र छोरीको मात्रै नाम उल्लेख गरिएको छ । प्रधानले पदमा रहँदा इन्साइडर ट्रेडिङ गरेको पाइएपछि बोर्डले अनुसन्धान शुरु गरेको थियो ।

प्रधानले आफू पदमा रहँदा श्रीमती, छोरा र छोरीको नाममा रहेको ९५ हजारभन्दा बढी कित्ता सेयर ६ करोड रुपैयाँभन्दा बढीमा बिक्री गरेका थिए । नेपाल हाईड्रो डेभलोपर कम्पनीको सञ्चालक समितिको अध्यक्ष तथा सञ्चालकबाट प्रधानले २०७८ भदौ १३ गते नै राजीनामा समेत दिएका थिए ।