Dhulikhel Eco Banner new

छानबिन सकिएर निर्दोष भएपछि शर्मा नै अर्थमन्त्री बन्नुहुन्छ : पुन

5.37K
shares

काठमाडौँ, २२ असार । माओवादी केन्द्रका नेता वर्षमान पुनले माओवादीको तर्फबाट तत्काल कोही पनि अर्थमन्त्री नबन्ने बताएका छन् ।

जनार्दश शर्माले अर्थ मन्त्रालयबाट राजीनामा दिएपछि माओवादी वा कांग्रेसले अर्को नेतालाई अर्थ मन्त्रालयमा पठाउन सक्ने अपेक्षा गरिएका बेला नेता पुनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

बुधबार संसद् बैठकपछि बाहिर निस्किएर नेता पुनले यस्तो प्रतिक्रिया दिएका थिए । साथै छानबिनबाट निर्दोष सावित भएपछि जनार्दन शर्मा नै अर्थमन्त्रीको रुपमा जाने पनि पुनको भनाइ थियो ।

साथै अर्थमन्त्री शर्माले उच्च नैतिकता देखाएर राजीनामा दिएको पुनको भनाइ थियो । यद्यपि प्रश्न उठेपछि शर्माले राजीनामा दिनु अनिवार्य भएको उनले बताए ।

प्रतिपक्षी दलका सांसद योगेश भट्टराईको अभिव्यक्तिलाई लक्षित गर्दै त्यसमा पूर्वाग्रह भएको उनले बताए ।