Dhulikhel Eco Banner new

बीमा विधेयक माथि संसदमा छलफल हुँदै

4.32K
shares

काठमाडौं, २९ साउन । आजको संघीय संसदमा बीमा विधेयक पुनः पेश हुने भएको छ । वि.स २०७५ साल असारमा संसदमा पेश भएको बीमा विधेयक आज पुनः संसदमा पेश हुने र त्यस माथि आज प्रतिनिधिसभामा छलफल हुने भएको हो ।

संघीय संसदमा आज अर्थमन्त्री जनार्दन शर्माले यसअघि अर्थ समितिमा छलफल भई तयार भएको विधेयकलाई प्रतिनिधिसभाबाट पारित गराउन पेश गर्न लागेका हुन् । यसअघि अर्थ समितिमा बीमा विधेयकको प्रस्तावित मस्यौदालाई संशोधन गरी संसदमा प्रस्तुत गरेको हो । बीमा ऐन, २०४९ ले बीमा क्षेत्रको विकास र नयाँ अवधारणालाई सम्बोधन नगरेपछि नयाँ ऐन ल्याउन लागिएको हो । नयाँ बीमा ऐनमा बीमा प्राधिकरण गठन गर्न प्रस्ताव गरिएको छ ।

नयाँ ऐनले बीमा क्षेत्रलाई थप व्यवस्थित, प्रभावकारी र मर्यादित बनाउने विश्वास लिइएको छ । प्रतिनिधिसभाबाट पारित भएपछि उक्त विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गरेपछि बीमा ऐनको रूपमा लागू हुनेछ । यो ऐन लागू भएपछि बीमा ऐन, २०४९ र राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ खारेज हुने विधेयकमा उल्लेख छ ।