Dhulikhel Eco Banner new

भुजुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँड

2.08K
shares

काठमाडौं, २७ माघ । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आईपीओ बाँडफाँड गरेको छ। सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको हो। बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले  मंगलबार बिहान ९ बजे आईपीओ बाँडफाँड गरेको हो।

कम्पनीले माघ १२ गतेदेखि माघ १५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ८ लाख ३० हजार कित्ता आईपीओ निष्काशन गरेको थियो। आईपीओमा कुल २५ लाख ७९ हजार ९२० जनाको आवेदन परेकोमा २५ लाख ३९ हजार ८ सय ९२ जनाको आवेदन मात्र योग्य भएको छ भने बाँकी आवेदन रद्द भएका छन्।

माग भन्दा बढी मात्रामा आवेदन परेपछि गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँड गरिएको हो। बाँडफाँडमा ८३ हजार जनाले १०र१० कित्ताका दरले आईपीओ हात पारेका छन् भने बाँकी सबै आवेदकको हात रित्तो भएको छ।