नेशनल लघुवित्तको शेयर सर्वसाधारणलाई बिक्रीमा
वि.सं.२०८३ वैशाख १३ आइतवार १०:२३
shares

काठमाडौं, १३ वैशाख । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ५८ हजार १५६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।
कम्पनीका अनुसार संस्थापक शेयरधनी सुवाष भट्टराईको ४८ हजार ६५६ कित्ता, माधव प्र. अधिकारीको २ हजार कित्ता तथा श्याम बहादुर गुरुङको ७ हजार ५०० कित्ता शेयर बिक्रीका लागि खुला गरिएको हो।
प्रचलित व्यवस्था अनुसार संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता संस्थाकै विद्यमान संस्थापक शेयरधनीहरूलाई दिनुपर्ने भएकाले कम्पनीले यसका लागि ३५ दिनको समय दिएको थियो। तर सो अवधिभित्र शेयर बिक्री हुन नसकेपछि अब सर्वसाधारणका लागि खुला गरिएको कम्पनीले जनाएको छ।
इच्छुक सर्वसाधारणले वैशाख २२ गतेभित्र काभ्रेपालाञ्चोकको बनेपा–१० स्थित कम्पनीको केन्द्रीय कार्यालयमा पुगेर आवेदन दिन सक्नेछन्। आवेदन बैंकिङ समयभित्र बुझाउनुपर्नेछ।



















