‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’
वि.सं.२०८३ साउन ३१ आइतवार १६:१५
shares

काठमाडौँ, ३१ साउन । ग्यास बिक्रेता महासङ्घ नेपालले बिक्रेतामार्फत ग्यासको बिक्री वितरण गरी उपभोक्तालाई राहत दिन सरकारसँग माग गरेको छ।
ग्यास उद्योग र फरकफरक स्थानमा बिक्री केन्द्र तोकेर ग्यास बिक्री वितरण गरिँदा उपभोक्ताले अनावश्यक दुःख पाएको भन्दै महासङ्घले नजिकैको बिक्रेतामार्फत उपभोक्तालाई सहज रुपमा ग्यास पाउन व्यवस्था गर्न माग गरेको हो।
“बिक्रेतामार्फत बिक्री नगरी उद्योग र विभिन्न बिक्री केन्द्रमार्फत ग्यास बिक्री गर्ने निर्णयले यसको अभाव थप जटिल बन्दै गएको छ”, महासङ्घका अध्यक्ष ज्ञानेश्वर अर्यालद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ।
महासङ्घले अहिले ग्यासको बिक्री वितरणमा देखिएको समस्या समाधानमा केन्द्रित हुन सरोकारवालाको ध्यानाकर्षणसमेत गराएको छ।
















