नागपोखरीमा बिहानैदेखि भक्तजनको घुइँचो (तस्बिरहरू)
वि.सं.२०८३ भदौ १ सोमवार १०:५१
shares

काठमाडौँ, १ भदौ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँदैछ । घरको मूलढोकामा विधिपूर्वक नागको तस्बिर टाँसेर यो पर्व मनाइन्छ ।

हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाइन्छ । यस वर्ष जेठमा अधिकमास परेका कारण सौरमासअनुसार भदौको पहिलो दिन यो पर्व परेको हो ।

नागपञ्चमीका अवसरमा पशुपतिनाथ मन्दिरस्थित वासुकिनाथ मन्दिर, काठमाडौँ महानगरपालिका-१ स्थित नागपोखरी र कीर्तिपुरको टौदहमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।

नागपोखरीमा बिहानै नित्य पूजा सकेर भक्तजनका लागि पोखरी खुला गरिएको छ। वडा सदस्य रोशन श्रेष्ठका अनुसार नागपोखरीमा आज विशेष मेलाको आयोजनासमेत गरिएको छ।























