Dhulikhel Eco Banner new

तीन वर्षदेखि अलपत्र मेची करिडोरको ठेक्का अन्त्य

611
shares

काठमाडौं,१२ कार्तिक। मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङको ९।५ किलोमिटर सडक स्तरोन्नति गर्ने ठेक्का सम्झौता अन्त्य गरिएको छ ।

२७ करोड २२ लाख रुपैयाँ लागतको सो आयोजना २०८० पुस २९ गतेभित्र सम्पन्न हुनुपर्नेमा पटक—पटक म्याद थप गर्दा पनि ४७ प्रतिशत मात्र भौतिक प्रगति भएको थियो ।

पछिल्लो सात महिनामा तीन प्रतिशतभन्दा कम प्रगति भएपछि पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको इलाम सडक डिभिजनबाट ठेक्का सम्झौता अन्त्य गरेको हो।

सडक डिभिजन इलामले आर्थिक वर्ष २०८१/८२ देखि हालसम्म १२ वटा ठेक्का सम्झौता अन्त्य गरिसकेको छ। यस क्रममा निर्माण व्यवसायीबाट पेस्कीबापतको २ करोड ३८ लाख रुपैयाँ असुल गरिएको छ भने ६ करोड ७९ लाख रुपैयाँको कार्यसम्पादन जमानत जफत गर्न सम्बन्धित बैंकलाई पत्राचार गरिएको छ।

ठेक्का सम्झौता अन्त्य गरिएको सडक खण्डको निर्माणलाई निरन्तरता दिन आवश्यक स्रोत सहमति र बहुवर्षीय ठेक्का सहमति प्राप्त गरी नयाँ ठेक्का प्रक्रिया अघि बढाइनेछ।