Dhulikhel Eco Banner new

आगामी निर्वाचनमा कति होला खर्च ?

4.52K
shares

काठमाडौं, १९ साउन । सरकारले आगामी मंसिरमा निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ । यसका लागि मन्त्रिपरिषदको बैठक समेत बोलाइएको छ । यो बैठकले निर्वाचन मिति घोषणा गर्ने सम्भावना रहेको एक मन्त्रीले जानकारी दिएका छन् ।

चुनावमा खर्च कति होला भन्ने प्रश्नहरु पनि उठिरहेका छन् । निर्वाचन आयोगले आगामी निर्वाचनमा १० अर्ब खर्च हुने अनुमान गरेको छ । अघिल्लो निर्वाचनमा नै ७ अर्ब ८० करोड खर्च भएकाले अघिले त्यसमा केही बढी खर्च हुने प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

उनका अनुसार अहिलेको मूल्य वृद्धि, तलब भत्तामा भएको वृद्धि लगायतका कारणले खर्च बढ्ने उनको भनाइ छ ।