अपर तामाकोशी हाइड्रोपावरको भोलि साधारणसभा, केके छन् प्रस्ताव ?
वि.सं.२०७९ भदौ २ बिहीवार १२:४८
shares

काठाडौं, २ भदौ । अपर तामाकोशी हाइड्रोपावरको भोलि अर्थात शुक्रबार वार्षिक साधारणसभा हुने भएको छ । १ः१ अनुपातमा हकप्रद जरी गर्ने प्रस्तावसहित भदौ ३ गते वार्षिक साधारण सभा बोलाएको हो ।
साधारण सभा, नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि साउन १८ गते बुक क्लोज गरिएको छ । साउन १७ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।
सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक सेयरधनी समूहबाट एक जना बमहिलासहित ४ जना सञ्चालनहरुको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ ।
यस्तै, साधारण सभामा अघिल्लो आर्थिक वर्ष २०७७–७८ मा दोलखा जिल्लाका सामाजिक संस्थाहरु लगायत अन्य संस्थालाई दिइएको सहयोग रकम अनुमोदन गर्ने एजेन्डा रहेको छ ।


















