Dhulikhel Eco Banner new

लघुवित्तविरुद्धको अवैधानिक संघर्ष समितिलाई कारबाही हुने

5.82K
shares

काठमाडौं, २ भदौ । लघुवित्तविरुद्ध संघर्ष गर्नका लागि बनेका समितलाई कारवाही हुने भएको छ । गृहमन्त्रालयले आज एक परिपत्र जारी गर्दै त्यस्ता अवैधानिक संघर्ष समितिलाई कारबाही गर्नका लागि प्रहरी प्रधान कार्यालयल र सबै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको हो ।

मन्त्रालयले जारी गरेको परिपत्रमा देशको प्रचलित कानुन बमोजिम दर्ता भई सरोकारवाला निकायबाट अनुमति प्राप्त गरी सञ्चालनमा रहेका लघुवित्त संस्थाहरु विरुद्ध हाल केही व्यक्ति तथा ‘लघुवित्त विरुद्ध संघर्ष समिति’ नामको अवैधानिक समुहले सुनियोजित तवरले आन्दोलन गरी कार्यक्रममा अवरोध सृजना गर्ने, कपोकल्पीत आक्षेप लगाई अनर्गल प्रचार गर्ने, यस क्षेत्रमा काम गर्ने लघुवित्त कर्मीहरुलाई कार्यक्रम बन्द गर्न धम्की दिई कार्य भएको भन्दै यस्तो कार्यमा संलग्नलाई कारबाही गर्नका भनिएको छ ।

साथै लघुवित्त माथि लगातार धावा बोलेर मनोवल कमोजोर गराउने, सोझा साझा सदस्यहरुलाई वित्तीय सेवा उपभोग गर्न बाधा पु¥याई लघुवित्त कार्यक्रमलाई नै धरासायी बनाउने कोशिष भईरहेको भन्दै नेपाल लघुवित्त बैंकर्स संघले गृहमन्त्रीलाई सम्बोधन गर्दै पत्र समेत लेखेको थियो । संघले साउन ३० गत लेखेको पत्रबाट जानकारी भएको र उक्त पत्र र संलग्न कागजातहरु सहति कारबाहीका लागि आदेश दिएको पत्रमा उल्लेख गरिएको छ ।