बरुण हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन
वि.सं.२०७९ भदौ ३१ शुक्रवार ०९:५९
4.34K
shares
shares

काठमाडौं, ३१ भदौ । बरुण हाइड्रोपावर कम्पनीको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने शुक्रवार (आज) अन्तिम दिन रहेको छ ।
कम्पनीले हाल कायम चुक्तापूँजी २६ करोड ७९ लाख ७ हजार ५०० को आधारमा १ः१ को अनुपातमा २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद निष्कासन गरेको हो ।
हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।


















