फेरि घट्यो सुनचाँदीको मूल्य
वि.सं.२०७९ असोज ३ सोमवार ११:३५
3.97K
shares
shares

काठमाडौं, ३ असोज । स्थानीय बजारमा आज सुनको भाउमा गिरावट आएको छ । हिजो आइतबार तोलामा ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ पनि तोलामा ४ सय रुपैयाँले नै घटेर प्रतितोला ९० हजार ९ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ ।



















