Dhulikhel Eco Banner new

शताब्दी पुरुष सत्यमोहनको स्वास्थ्य स्थिर

6.27K
shares

काठमाडौं, २९ असोज । शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पताले जनाएको छ । २३ दिन देखि ललितपुरको इमाडेलमा रहेको किष्ट मेडिकल कलेजमा उपचार गराइ रहेका जोशीको स्वास्थ्यमा खासै सुधार आउन नसकेको अस्पतालले जनाएको हो ।

१०३ वर्ष पुगेका जोशीको स्वास्थ्यमा धेरै समस्या रहेको डाक्टरहरुले बताएका छन् । जोशीलाई निमोनिया र पिसाबको संक्रमण, मुटुरोगसँगै पछिल्लो समय डेंगी संक्रमण समेत देखिएको थियो । जोशीलाई प्रतिमिनेट ४ लिटर अक्सिजन दिनुपरेको अस्पतालले जनाएको छ ।

जोशीको स्वास्थ्यमा छिन–छिनमै उतार चढाव आउन थालेपछि अस्पतालले विशेषज्ञ चिकित्सकको विशेष निगरानीमा निरन्तर स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । किस्ट मेडिकल कलेजले जोशीको सम्पूर्ण उपचार निःशुल्क सेवा गर्दै आएको छ ।