वैदेशिक रोजगार विभागका सुब्बा घुस रकम सहित पक्राउ
वि.सं.२०७९ कात्तिक २९ मंगलवार १८:०१
shares

काठमाडौं, २९ कात्तिक । वैदेशिक रोजगार विभागका नयाब सुब्बा प्रमोद पाण्डे घुस रकम सहित पक्राउ परेका छन् । विभागमा कार्यरत पाण्डेलाई सेवाग्राहीसँग ३० हजार घुस लिएको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले पक्राउ गरेको हो ।
सूचनाका आधारमा आयोगबाट खटिएको टोलीले निज नायब सुब्बा प्रमोद पाण्डेलाई सेवाग्राहीबाट ३० हजार लिइसकेको अवस्थामा पक्राउ गरिएको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए । प्रवक्ता भण्डारीका अनुसार सुब्बा पाण्डेको खानतलासि गर्दा स्रोत नखुलेको ३२ हजार ५५ रुपैयाँ कार्यकक्षबाट पक्राउ गरिएको हो ।
















