Dhulikhel Eco Banner new

राष्ट्रिय बीमा कम्पनीको नाफा १३ प्रतिशतले घट्यो

6.25K
shares

काठमाडौं, २९ कात्तिक । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म राष्ट्रिय बीमा कम्पनीले ५ करोड ३८ लाखभन्दा बढी खुद नाफा गरेको छ ।

कम्पनीको खुद नाफा गत वर्षको पहिलो त्रैमासको तुलनामा यस वर्ष सो अवधिसम्म १३ दशमलव २५ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले ६ करोड २० लाखभन्दा बढी नाफा गरेको थियो ।

गत वर्षभन्दा यस वर्ष कम्पनीको आम्दानी करीब ९ प्रतिशत घटेको छ । गत वर्ष १४ करोड ६५ लाखभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष १३ करोड ३६ लाखभन्दा बढी मात्र आम्दानी गरेको छ । खर्च पनि गत वर्षभन्दा २९ दशमलव २५ प्रतिशत कम भएको छ ।

गत वर्ष ८ करोड ४४ लाखभन्दा बढी खर्च भएको कम्पनीको यस वर्ष ५ करोड ९७ लाखभन्दा बढी मात्र खर्च भएको छ ।

यो वर्षको पहिलो त्रैमासमा कम्पनीले गत वर्षको यसै अवधिभन्दा १५४ दशमलव ६० प्रतिशत बढी १ अर्ब १३ करोड ७४ लाख कुल बीमाशुल्क आर्जन गरेको छ । कुल दाबी भुक्तानी रकम भने गत वर्षभन्दा यस वर्ष करिब ८० प्रतिशत कम ४ करोड ३४ लाख भएको छ ।

चुक्तापूँजी २६ करोड ६६ लाख ३९ हजार रहेको कम्पनीको जगेडा कोष रकम ३ अर्ब ४१ करोड २१ लाखभन्दा बढी रहेको छ । बीमा कोष रकम २ अर्ब ६९ करोड ३८ लाखभन्दा बढी रहेको छ । वार्षिक प्रतिशेयर आम्दानी २० दशमलव २० रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १ हजार ३७९ दशमलव ७० रहेको छ ।