Dhulikhel Eco Banner new

लोकतन्त्र र संविधानको रक्षाको लागि गठबन्धनलाई जिताउन प्रधानमन्त्रीको आह्वान

4.28K
shares

काठमाडौं, २९ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र र संविधानको रक्षाका लगि गठबन्धनलाई जिताउन आह्वान गरेका छन् । पश्चिम नवलपरासीमा आज आयोजित चुनावी आमसभालाई सम्बोधन गर्न यहाँ आएका शान्ति, संविधान र लोकतन्त्रसहित आर्थिक समृद्धिका लागि गठबन्धनलाई जिताउन जरुरी रहेको बताए ।

उनले भने, “यो लोकतान्त्रिक–वाम गठबन्धनले चुनाव जितेपछि बन्ने गठबन्धनको सरकार कुनै पनि हालतमा संसद्लाई भङ्ग गर्दैन, पूर्णकालीन रुपमा संसद् चलाउँछ ।”

सो अवसरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक स्थिरता र विकासका लागि गठबन्धनलाई जिताउन अनुरोध गरे । पूर्व प्रधानमन्त्री दाहालले देशमा सुशासन र विकासमार्फत देशमा राजनीतिक स्थायित्व प्रदान गर्न आफूहरू प्रतिबद्ध रहेको बताए । उनले किसानको मलखादको समस्या समाधान गर्न मल उत्पादन गर्ने काराखाना स्थापना गर्नेतर्फ सरकारको गम्भीर ध्यानाकर्षण भएको स्पष्ट पारे ।

आमसभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं जिल्लाको निर्वाचन क्षेत्र १ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार विनोद चौधरी, कांग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल लगायतले लोकतान्त्रिक–वाम गठबन्धनलाई मतदान गर्नु आग्रह गरे।