GBIME

निगमको आन्तरिक तर्फको टिकट अनलाइनबाट काट्न सकिने

852
shares

काठमाडौं, २० माघ । नेपाल वायुसेवा निगमको आन्तिरिक उडानको टिकट पनि अनलाइनबाट काट्ने सकिने भएको छ । निगले आन्तरिक उडानमा इ–टिकेटिङको सुरुवात गरेसँगै अब अनलाइनबाट नै टिकट बुकिङ् गर्न सकिने भएको हो ।

निगमका अनुसार अब पूर्ण रुपमा आन्तरिक र अन्तर्राष्ट्रिय हवाइ टिकट काट्न सकिने भएको छ । निगमले अन्तर्राष्ट्रिय उडानमा यसअघि नै ई–टिकेटिङ सुरु गरेको थियो । निगमले अन्य लोकल वालेटबाट पनि टिकट काट्न सकिने प्रावधान सुरु गर्ने जनाएको छ । अन्तर्राष्ट्रिय निगमको वेबसाइटबाट पनि टिकट काट्न सकिन्छ ।

निगमले आफ्ना १९ सीट जहाजमा फुल क्षमतामा भने उडान गर्न नसक्ने जनाएको छ । निगमले आफ्नो सीट क्षमता समेत सार्वजनिक गरेको छ । विमानको यात्रु बोक्ने क्षमतामा उडान गन्तव्यको मौसम, इन्धनको उपलब्धता, विमानको प्राविधिक क्षमतालगायतका विविध कारणहरुले प्रभाव पार्ने निगमको भनाइ छ ।