Mangaldeep Aagarbatti
GBIME

लाभांश पारित गर्न ज्योति विकास बैंकले बोलायो साधारणसभा

900
shares

काठमाडौं, २० माघ । ज्योति विकास बैंकले फागुन १४ गते वार्षिक साधारणसभा गर्ने भएको छ ।

बिहीबार बसेको बैक सञ्चालक समितिको बैठकले फागुन १४ गते साधरण सभा बोलाउने निर्णय गरेको छ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकालीमा हुनेछ ।

सभामा आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ३ प्रतिशत बोनस सेयर र कर सहित ३.८० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश हुनेछ । उक्त प्रस्ताव सभाले पारित गरेपछि सेयरधनीले तोकेको लाभांश पाउनेछन् ।

यस्तै सभामा आव २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ ।

National life Banner
Dhulikhel Eco Resort 1200*100